अनिश्चितकालका लागि स्थगित नेकपा सचिवालय बैठक असार १० गते बस्ने
४ असार, २०७७ काठमाडौं । अनिश्चतकालका लागि स्थगित भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक असार १० गते बस्ने भएको छ ।
पार्टीभित्र अमेरिकन सहयोग परियोजना एमसीसी लगायतका मुद्दामा विवाद भइरहेका बेला बैठकको मिति तय गरिएको हो ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भएको भेटमा स्थायी कमिटी बैठकको मिति तय भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
यसअघि ओली र प्रचणडबीच बैठक कहिले बोलाउने भन्नेमा छलफल भए पनि मिति तय भएको थिएन । स्थायी कमिटी बैठक बोलाएकाले एमसीसीको छिनोफानो अब त्यहीँबाट हुने सम्भावना बढेको छ ।
एमसीसी कार्यान्वयनका लागि असार १६ भित्र संसद्बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ । यसअघि पहिला २५ र पछि वैशाख ३१ मा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो । एमसीसीलाई लिएर नेकपामा विवाद छ ।
प्रतिक्रिया