गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
४ असार, २०७७ कास्की । आज गण्डकी प्रदेशका चार जिल्लामा ४२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको विज्ञप्ती अनुसार नवलपुरमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ र गैडाकोट नगरपालिकामा २ जनामा संक्रमण देखिएको छ । तनहुँको ऋषिङमा ७, भानु नगरपालिकामा ४ र शुक्ला गण्डकीमा एक जनामा संक्रमित भएका छन् ।
गोर्खाको पालुङटारमा ७ र शहिद लखन गाउँपालिकामा ४ जना संक्रमित थपिएका छन् । हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । मनाङको चामे गाउँपालिकामा कार्यरत एक कर्मचारीमा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गण्डकीप्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार मनाङमा भेटिएका संक्रमित कपिल्वस्तुबाट फर्केका व्यक्ति हुन् भने अन्य सबै भारतबाट फर्केकाहरु हुन् ।
हिजो नेपालमा अहिलेसम्मकै धेरै ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या ७ हजार २ सय १९ पुगेको छ ।
प्रतिक्रिया