Political Hightlights

रुकुम पश्चिम घटनाको अध्ययन प्रतिवेदन कार्यान्वयन हुनेमा अध्यक्ष केसीको आशंका

हिमालय टिभी
२०७७ असार ३ गते १८:५४
रुकुम पश्चिम घटनाको अध्ययन प्रतिवेदन कार्यान्वयन हुनेमा अध्यक्ष केसीको आशंका

३ असार, २०७७ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पश्चिम रूकुम हत्याकाण्डबारे अध्ययन गर्न बनेको संसदीय समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।

हिमालय टेलिभिजनसँग अध्यक्ष केसीले जनताको आक्रोश मत्थर पार्न संसदीय विशेष समिति बनाइएको भन्दै प्रतिवेदन सरकारले कार्यान्वयन नगर्ने ठोकुवा गर्नुभयो ।

संसदीय समितिले पश्चिम रुकुम पुगेर ६ जनाको हत्या भएको विषयमा छानवीन गरिरहेकै बेला जनमोर्चा अध्यक्ष केसीको प्रतिक्रिया आएको होे । जातीय विभेदमा आधारित अपराध रोक्न निर्णायक सांस्कृतिक संघर्ष आवश्यक रहेको केसीले बताउनुभयो ।

रुकुम पश्‍चिमको चौरजहारीस्थित सोतीमा ६ जना युवाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान गर्न नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ । देवेन्द्र पौडेल नेतृत्वको समितिले अध्ययन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्