Main News

सरकारले घटायो बिजुलीको शुल्क, अब कति एम्पियर लिनेले कति तिर्नुपर्छ ?

हिमालय टिभी
२०७७ असार ३ गते १३:४६
सरकारले घटायो बिजुलीको शुल्क, अब कति एम्पियर लिनेले कति तिर्नुपर्छ ?

३ असार, २०७७ काठमाडौं । सरकारले विद्युत महसुल घटाएको छ । अब ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ ।

विद्युत नियमन आयोगले यही असार महिनाको खपतमा लागु हुने गरी नयाँ महसुल निर्धारण गरेको हो । विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने छ ।

प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको छ । २१ देखि ३० युनिटसम्म खपत गर्नेले ५० रुपैयाँ इनर्जी शुल्क र साढे ६ रुपैयाँ प्रतियुनिट विद्युत महसुल तिर्नुपर्नेछ । ३१ देखि ५० युनिट खपत गर्ने ग्राहकले ५० रुपैयाँ डिमान्ड शुल्क र ८ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने छ ।

५१ देखि १०० युनिटसम्म खपत गर्दा ७५ रुपैयाँ डिमान्ड शुल्क र साढे ९ रुपैयाँ प्रतियुनिट महसुल तिर्नुपर्ने भएको छ । त्यसैगरी १०१ देखि १५० युनिटसम्म खपत गरे घरेलु ग्राहकले १०० रुपैयाँ डिमान्ड शुल्क र साढे ९ रुपैयाँ प्रतियुनिट शुल्क तिर्नुपर्ने भएको छ ।

१ सय ५१ देखि २ सय ५० युनिटसम्म खपत गर्ने ग्राहकका लागि १ सय २५ रुपैयाँ डिमान्ड शुल्क र १० रुपैयाँ प्रतियुनिट महसुल तोकिएको छ । २ सय ५१ देखि ४ सय युनिटसम्म खपत गर्दा १५० रुपैयाँ डिमान्ड शुल्क र ११ रुपैयाँ प्रतियुनिट महशुल तिनुपर्ने हुन्छ ।

४०० युनिटभन्दा माथि विजुली खपत गर्ने घरासयी ग्राहकले १५० रुपैयाँ डिमान्ड शुल्कसहित १२ रुपैयाँ प्रतियनिट विजुली महसुल तिर्नुपर्ने छ । आयोगले घरायसी ग्राहकको लागि १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरसम्म विजुली लाइन लिँदा पनि खपतका आधारममा फरक(फरक दर तोकेको छ । नेपाल विद्युत प्राधिकरणले सरदर १० प्रतिशत विद्युत महशुलदर घटेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *