Main News

सेनापति थापा र सशस्त्र प्रहरी बल प्रमुख खनाल दार्चुला प्रस्थान

हिमालय टिभी
२०७७ असार ३ गते १२:२२
सेनापति थापा र सशस्त्र प्रहरी बल प्रमुख खनाल दार्चुला प्रस्थान

३ असार, २०७७ काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल दार्चुलातर्फ प्रस्थान गर्नु भएको छ ।

भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै सेनाले स्थापना गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणका लागि दुवै सुरक्षा निकायका प्रमुख त्यसतर्फ प्रस्थान गर्नु भएको हो ।

उहाँहरु काठमाडौंबाट धनगढीसम्म स्काई ट्रकमा गएको र त्यसपछि सेनाकै हेलिकप्टरबाट दार्चुलाको छाङरु जान लागेको गृहमन्त्रालयले जनाएको छ । अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ ।

सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटोका लागि घाँटी बगरमा ट्याक खोल्ने काम अहिले सेनाले गरिररहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *