Main News
गण्डकी प्रदेशमा थप २१ जना कोरोना संक्रमित फेला, संक्रमिको संख्या २४७ पुग्यो
२०७७ असार ३ गते ११:५३

३ असार, २०७७, कास्की । गण्डकी प्रदेशमा आज थप २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसंगै गण्डकीमा संक्रमितको संख्या २ सय ४७ पुगेको छ ।
आज गण्डकीका नवलपुरमा १८ र पर्वतमा ३ जनामा संक्रमण देखिएको हो । नवलपुरको हुप्सेकोट गाउँपालिकामा १४, कावासोती नगरपालिकामा एक र मध्यविन्दु लगरपालिकामा २ तथा अर्को नाम नखुलेको पालिकामा एक जना संक्रमित थपिएका छन् ।
त्यस्तै पर्वतको फलेवास नगरपालिकामा ३ जना संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनीहरु सबै भारतबाट फर्किएकाहरु रहेको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जनाउनु भएको छ ।
हिजो नेपालमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै नेपालमा संक्रमितको संख्या ६ हजार ६ सय १२ पुगेको छ ।
प्रतिक्रिया