Main News

बजेटमाथिको छलफलमा आज मन्त्रीहरुले जवाफ दिने

हिमालय टिभी
२०७७ असार ३ गते ८:११
बजेटमाथिको छलफलमा आज मन्त्रीहरुले जवाफ दिने

३ असार, २०७७ काठमाडौं । संघीय संसद राष्ट्रिय सभामा बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको सम्बन्धी मन्त्रीहरुले जवाफ दिंदै छन् ।

संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा २१ वटा मन्त्रालयको मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको सम्बन्धीत मन्त्रीले जवाफ दिने कार्यसुचि रहेको छ ।

कानून, न्याय तथा संसदीय मामिला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास मन्त्रालय र खानेपानी मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण,युवा तथा खेलकुद, अर्थ, सञ्चार तथा सूचना प्रविधि, श्रम, रोजगार, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपन्छी विकास मन्त्रीले पनि आजै जवाफ दिनुहुने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाई, शिक्षा, विज्ञान तथा प्रविधि,सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रीले पनि आजै जवाफ दिने कार्यसुची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *