Main News
एनआरएन माल्टाका पदाधिकारीविरुद्ध अनुशासनको कारबाही हुने
२०७७ असार ३ गते ७:४९

३ असार, २०७७ काठमाडौं । एनआरएनए माल्टाका पदाधिकारी वा सदस्यहरुबारे कारवाहीको निर्णय अनुशासन समितिले गर्ने भएको छ।
शनिबार सम्पन्न गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले कार्यसमितिको राजीनामा स्वीकृत गर्दै कारवाहीबारे निर्णय गर्न अनुशासन समितिलाई सिफारिस गरेको हो।
बैठकले राष्ट्रिय समन्वय परिषद् माल्टाका सम्पूर्ण पदाधिकारीले दिएको राजीनामा स्वीकार गर्दै माल्टामा नयाँ राष्ट्रिय समन्वय परिषद् गठन प्रकृया अगाडी बढाउन केन्द्रीय महासचिव डा हेमराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
माल्टामा श्रमिक लैजान बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संग्लग्न रहेको रिपोर्ट हिमालय टेलिभिजनले प्रसारण गरेपछि एनआरएनए केन्द्रले नै छानबिनको प्रक्रिया अघि बढाएको थियो।
प्रतिक्रिया