Main News

भारत–चीन सीमा क्षेत्रमा तनाव सिर्जना भएसँगै फर्कन थाले विदामा आएका गोर्खा सैनिक

हिमालय टिभी
२०७७ असार ३ गते ७:४६
भारत–चीन सीमा क्षेत्रमा तनाव सिर्जना भएसँगै फर्कन थाले विदामा आएका गोर्खा सैनिक

३ असार, २०७७ काठमाडौं । लद्दाखमा भारत र चीनबीच सिर्जित तनाव गम्भीर बन्दै जाँदा भारतीय सेनामा कार्यरत गोर्खा सैनिकहरु धमाधम फर्कन लागेका छन्।

लद्दाखमा सिर्जना भएको तनावले युद्धको संकेत गरेपछि नेपालमा विदा मनाइरहेका गोर्खा सैनिकलाई भारत फिर्ता बोलाइएको हो ।

घटनाक्रमले उग्र रुप लिँदै गएराति भारत र चीनका सैनिकबीच गलवान उपत्यकामा झडप हुँदा एक कर्णेलसहित २० जना भारतीय सैनिकको ज्यान गएको भारतीय सञ्चार माध्यामले जनाएका छन्।

रुपन्देहीको ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले हिजो भारतीय रेजिमेण्टमा काम गर्ने १५ जना गोर्खा सैनिकहरु भारत तर्फ गएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार १८ जना गोर्खा सैनिकहरु भारततर्फ गएका थिए । पछिल्लो ४, ५ दिनदेखि उनीहरुको जाने क्रम सुरु भएको हो । त्यही कारण अहिले नेपालमा छुट्टी मनाउन आएका भारतीय सेनामा कार्यरत नेपालीहरु विभिन्न नाका हुँदै भारत फर्किरहेका छन् ।

भारतको गोर्खा रेजिमेन्टमा करिब डेढ लाखको हाराहारीमा नेपाली कार्यरत छन्। यो रेजिमेन्ट अन्तर्गत कार्यरत अधिकांश नेपालीहरु भारतले पाकिस्तान तथा चीनसँगका आफ्ना विवादित सीमा क्षेत्रहरुमा राख्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *