Main News

यी हुन् लकडाउन नहट्ने कोरोना अति प्रभावित चार जिल्ला

हिमालय टिभी
२०७७ असार २ गते १९:०७
यी हुन् लकडाउन नहट्ने कोरोना अति प्रभावित चार जिल्ला

२ असार, २०७७ काठमाडौं । सरकारले कोरोना अति प्रभावित चार जिल्लालाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको छ ।

सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखमा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि बन्द गर्न पनि निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको बताउनुभयो ।

उच्च जोखिममा रहेका ४ बाहेक उपत्यकासहित ७३ जिल्लामा भने लकडाउन खुकुलो बनाउँदै सोमबारबाट सार्वजनिक, निजी र गैरसरकारी संघसंस्थाबाट सेवा सुरु भइसकेका छन् । लकडाउन कडाइ गरिएका चार जिल्लामा पाँच सय भन्दा बढी संक्रमित छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *