Main News

बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध बैंकिङ कसुर गरेको आरोपमा मुद्दा दायर

हिमालय टिभी
२०७७ असार २ गते १६:५४
बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध बैंकिङ कसुर गरेको आरोपमा मुद्दा दायर

२ असार, २०७७ काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष समेत रहेका श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दयार गरिएको हो ।विभाग स्रोतका अनुसार श्रेष्ठसँग २ अर्ब ६६ करोड ६१ लाख विगो र त्यसो दोब्बर जरिवाना माग दावी गर्दै मुद्दा दायर गरिएको हो ।

श्रेष्ठले किर्ते गरेर विभिन्न बैंक, वित्तीय संस्था र सहकारीबाट ऋणका रुपमा रकम लिएर त्यसलाई जालसाजीपूर्वक मिनाहा गर्ने गरेको पाइएको छ । श्रेष्ठले आफू अध्यक्ष रहेको फाइनान्सबाट काल्पनिक ऋणीहरु खडा गरेर आफैं रकम लिने गरेको समेत भेटिएको छ ।

कैलास विकास बैंक, एभरेष्ट बैंक लगायतबाट पनि ऋण लिएर श्रेष्ठले दुरुपयोग गरेको भेटिएको छ । काठमाडौंको नागार्जुन ४ निवासी श्रेष्ठले छलपूर्वक एउटै बैंकबाट ८३ करोडसम्म ऋण लिएर आफ्नो परिवारको नाममा रकम लगेर राख्ने गरेको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *