नेपालमा थप ३८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५९१ पुग्यो
२ असार, २०७७ काठमाडौं । नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ६५ सय ९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रलायलको नियमित प्रेश ब्रिफिङमा मन्त्रलायका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो
नेपालमा पछिल्लो पटक एक सय १७ जना डिस्चार्ज भएका छन् । यो सँगै देशभरबाट डिस्चार्ज हुनेको संख्या एक हजार एक सय ५८ पुगकोे स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार झापामा भएको परीक्षणमा २ जना, धरानमा भएको परीक्षणमा ४ जना, जनकपुरमा भएको परीक्षणमा ५५ जना, विरगञ्जमा भएको परीक्षणमा २ जना, पोखरामा भएको परीक्षणमा २१ जना र कैलालीमा भएको परीक्षणमा ७६ जनामा पोजेटिभ देखिएको छ ।
यस्तै बाँकेमा भएको परीक्षणमा १० जना, राजविराजमा भएको परीक्षणमा ३ जना, भरतपुर अस्पतालमा भएको परीक्षणमा १, रुपन्देहीमा भएको परीक्षणमा ४ जना, सुर्खेतमा ९ जना, धुलिखेल अस्पतालमा भएको परीक्षणमा २२ जना, दाङमा भएको परीक्षणमा ५७ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा १ सय १४ जनामा पोजेटिभ देखिएको छ ।
मंगलबार १ सय १७ गरी आजसम्म १ हजार १ सय ५८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
आजसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ र पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको आरडिटी परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् । क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन् ।
प्रतिक्रिया