रुकुम पश्चिम घटनाका मृतकको पोष्टमार्टम रिपोर्टप्रति उठ्यो प्रश्न
![रुकुम पश्चिम घटनाका मृतकको पोष्टमार्टम रिपोर्टप्रति उठ्यो प्रश्न](https://www.himalayatv.com/wp-content/uploads/2020/06/bhairabsundar-shrestha.jpg)
२ असार, २०७७ काठमाडौं । रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटनाको पोष्टमार्टम रिपोर्टप्रति संसदमा प्रश्न उठेको छ ।
राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा नेकपा सांसद भैरव सुन्दर श्रेष्ठले भेरी नदीमा भेटिएकाहरुको शवको प्रकृति र पोष्टमार्टम रिपोर्टमा कुनै तालमेल नदेखिएको भन्दै तोडमोड पारिएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो । घट्नाको वास्तविकता लुकाउन रिपोर्टलाई बंग्याइएको उहाँको भनाइ छ ।
उहाँले सोमबार पोष्टमार्टमकै विषयमा असन्तुष्टि जनाउँदै र चिकित्सकले बदमासी गरेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको भन्दै आपत्ति जाउनुभयो ।
रुकुम पश्चिमको चौरजहारीमा भएको घट्नामा ज्यान गुमाउने सबैको भेरी नदीमा डुबेकै कारण ज्यान गएको पोष्टमार्टम रिपोर्ट चिकित्सकले दिएका छन् । तर गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले भने घट्ना नियोजित भएको निष्कर्ष निकालेको छ ।
प्रतिक्रिया