कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च छानबिन गर्न कांग्रेसको माग

२ असार, २०७७ काठमाडौं । कोरोना रोकथाममा गम्भीर बन्न प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारको ध्यानाकर्षण गराएक छ ।
प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा कांग्रेस सांसदहरु ध्यानकर्षण बुझाउन आज प्रधानमन्त्री निवास पुगेका थिए ।
कांग्रेसले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारन्टिन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्ने लगायतका माग राखेको छ ।
जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा भएको खर्चलाई आफूले हेरिरहेको भन्दै अनियमितता भएको पाइए सेनालाई समेत नछाड्ने बताउनुभएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।
लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेको भन्दै प्रधानमन्त्री ओलीले यसका लागि सबै दल मिलेर सचेतना बढाउनुपर्ने बताउनुभएको थियो ।
भेटमा कांग्रेस सांसदहरुले आरडीटी परीक्षण रोक्न र पीसीआरको दायरा बढाउन माग गरेका थिए । तर प्रधामन्त्री ओलीले आरडीटीबारे केही बोल्नुभएन ।
प्रतिक्रिया