Main News

महिला सुरक्षामा सरकार संवेदनशील नभएको आरोप

हिमालय टिभी
२०७७ असार २ गते १२:४४
महिला सुरक्षामा सरकार संवेदनशील नभएको आरोप

२ असार, २०७७ काठमाडौं । महिलाको सुरक्षामा सरकार स‌ंवेदनशील नरहेको भन्दै सत्तारुढ नेकपाकै सांसदले आक्रोश व्यक्त गरेको छ ।

राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सत्तारुढ नेकपाकै सांसदहरुले क्वारन्टिनहरुको अवस्था निकै नाजुक रहेको र महिलामाथिको हिंसा बढेको भन्दै महिलामैत्री क्वारन्टिन बनाउन माग गरेका छन् ।

बैठकमा कांग्रेस सांसद प्रकाश पन्थले पनि कैलालीको क्वारन्टिनमा बसेकी महिलामाथि सामूहिक बलात्कारको घट्ना सार्वजनिक हुँदा समेत सरकारले कुनै कदम नचालेको भन्दै सरकारको शासकीय क्षमतामाथि नै प्रश्न उठाउनुभयो ।

यसबाहेक सांसदहरुले कैलालीको क्वारन्टिनमा भएको घट्नाप्रति सरकारको ध्यानाकर्षण गराउँदै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *