Main News
गण्डकी प्रदेशमा थप १८ जना कोरोना संक्रमित फेला, संक्रमितको संख्या २२३ पुग्यो
२०७७ असार २ गते ७:४५

२ असार, २०७७, कास्की । गण्डकी प्रदेशमा आज थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै गण्डकीमा संक्रमित हुनेको संख्या २ सय २३ पुगेको छ ।
आज गोर्खाको गोरखा नगरपालिकामा ८ र बारपाक सुलिकोट गाउँपालिकामा २ तथा स्याङ्जाको चापाकोट गाउँपालकामा ४ जनामा संक्रमण देखिएको छ ।
नवलपरासीको विनय त्रिवेणी गाउँपालिका, नवलपुरको मध्यविन्दु नगरपालिका, र बाग्लुङको तालाखोला गाउँपालिकामा एक एक जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उनीहरु सबै भारतबाट आएका नागरिक भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
हिजो नेपालमा ४ सय ५१ जना नयाँ संक्रमित थपिएका थिए । योसंगै नेपालमा संक्रमितको संख्या ६ हजार २ सय २९ पुगेको छ ।
प्रतिक्रिया