Political Hightlights

नेपालसँग अहिले नै भारतले वार्ता गर्न हुन्नः नेपालका लागि पूर्व भारतीय राजदूत रे

हिमालय टिभी
२०७७ असार १ गते १७:२३
नेपालसँग अहिले नै भारतले वार्ता गर्न हुन्नः नेपालका लागि पूर्व भारतीय राजदूत रे

१ असार, २०७७ काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेले सीमा विवादका बारेमा नेपालसँग भारतले वार्ता गर्ने यो सही समय नभएको बताएका छन् ।

इकोनोमिक टाइम्स डट कममा प्रकाशित लेखमा पूर्व राजदूत रेले सीमा विवाद समाधान गर्न दुई देशबीच वार्ता आवश्यक भएपनि अहिले उपयुक्त समय नभएको जिकीर गरेका छन । उनका अनुसार अहिले वार्ताका लागि उपयुक्त समय होइन ।

पालले वार्ताको प्रस्ताव गरेपनि अहिले स्वीकार गर्न नहुने उनको तर्क छ । प्रतिनिधिसभाबाट नयाँ नक्सासम्बन्धी संविधान संशोधन विधेयक पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली भएको र त्यसपछि मात्रै वार्ताको कुरा गरेकाले वार्ता गर्न नहुने रेको मत छ ।

नेपालले वार्ताको प्रस्ताव गरेपनि अहिले स्वीकार गर्न नहुने उनको तर्क छ । प्रतिनिधिसभाबाट नयाँ नक्सासम्बन्धी संविधान संशोधन विधेयक पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली भएको र त्यसपछि मात्रै वार्ताको कुरा गरेकाले वार्ता गर्न नहुने रेको मत छ ।

उनका अनुसार नेपालले संविधान संशोधन नगर्दै वार्ता गर्नु ठीक थियो । अहिले प्रधानमन्त्री ओलीको वार्ता प्रस्ताव स्वीकार गर्दा भारत कमजोर हुने र ओली अझै शक्तिशाली हुने उनको विश्लेषण छ ।

उनले दुई देशबीच सीमा विवाद समाधानका लागि वार्ताबाहेक अन्य विकल्प नभएको बताउँदै यसका लागि भविष्यमा अनुकूल वातावरण पर्खनुपर्ने सुझाव दिएका छन् । लेखमा उनले नेपालले पटक–पटक भारतसँग वार्ताका लागि प्रयास गरे पनि भारतले स्पष्ट जवाफ नदिएको भने स्वीकार गरेका छन् ।

यसले नै संविधान संशोधनसम्मको स्थिति सिर्जना भएको उनको बुझाइ छ । तर, साथसाथै उनले भारतले वार्ताको प्रस्तावलाई स्वीकार गरेको भए पनि प्रम ओलीले संविधान संशोधनलाई जसरी पनि अघि बढाउने पक्षमा रहेको दाबी गरेका छन् । भारतविरोधी भावनाबाट फाइदा लिन प्रम ओली खप्पिस रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्