Main News

नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

हिमालय टिभी
२०७७ असार १ गते १६:३५
नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

१ असार, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । आज ४ सय ५१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ ।

आज रौतहटमा सबैभन्दा बढी १ सय २ जनामा संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा पनि ५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगञ्जमा भएको परीक्षणमा ११ जना, पोखरामा गरिएको परीक्षण ५ जना, सेती अस्पतालमा भएको परीक्षणमा ९ जना, भेरी अस्पताल प्रयोगशालामा २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा ५ जना, जनकपुरमा गरिएको परीक्षणमा २४ र भरतपुर अस्पतालमा भएको परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै रुपेन्देहीमा ७ जना, विराटनगरमा २५ जना, सुर्खेतमा भएको परीक्षणमा १ सय ७ जना, धुलिखेल अस्पतालमा ५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठन दाङमा ४३ जना, शिक्षण अस्पतालमा १ जना, हेटौडामा २५ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा ३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ३९ जनामा पोजेटिभ देखिएको छ ।

पछिल्लो केही दिनयता सरकारले पीसीआर परीक्षण बढाएको छ । आइतबार ५ हजार ३ सय ६ गरी आजसम्म १ लाख ३८ हजार ६ सय ८३ वटा पीपीआर विधिबाट परीक्षण भएका छन् । आइतबार आरडिटी विधिबाट ८ हजार ६ सय १५ गरी अहिलेसम्म २ लाख १९ हजार ३ सय ३६ वटा परीक्षण भएका छन् । देशभरीका आइसोलेसनमा अहिले ५ हजार १ सय ५१ जना उपचाररत रहेका छन् । आइतबार ६७ गरी अहिलेसम्म १ हजार जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले क्वारेन्टाइनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन् ।

सरकारले थप एक पीसीआर मेसिन जडान गरेको छ । पोखरामा नयाँ मेसिन जडान भएसँगै देशभरी २२ स्थानबाट पीसीआर परीक्षण सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *