सुशासन र स्वच्छता कायम गर्न सरकार सक्षम छ, अब आन्दोलन जरुरी छैनः प्रम ओली

१ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र स्वच्छता कायम गर्ने दाबी गर्दै अब फेरि आन्दोलन जरुरी नभएको बताउनुभएको छ ।
माध्यमिक तहमा बैकल्पिक सिकाई प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन र स्वच्छता कायम गर्नेगरि सरकारले काम गरिरहेको दाबी गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले जनताको अधिकार स्थापित गर्न वर्तमान पुस्ताले निकै मेहनत गरेको उल्लेख गर्नुभयो । उहाँले अबका दिनमा हाम्रा सन्तानहरु भाग्यमानी पुस्ता बन्छ भन्ने आम अभिभावकको आशा सत्य सावित हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार कर्तव्यबाट चुक्दैछ कि भनेर कतिपय जिज्ञासु युवाहरुले गरेको प्रश्न आफूले सुनेको बताउँदै ढुक्क हुन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले जनताको अधिकार स्थापित गर्न वर्तमान पुस्ताले निकै मेहनत गरेको उल्लेख गर्नुभयो । उहाँले अबका दिनमा हाम्रा सन्तानहरु भाग्यमानी पुस्ता बन्छ भन्ने आम अभिभावकको आशा सत्य सावित हुने बताउनुभयो ।
अप्ठ्यारो परिस्थितिमा आम मानिसमा दुविधा हुने र त्यसलाई हटाउन नेतृत्व चाहिने भन्दै प्रधानमन्त्री ओलीले आरोप लगाए जस्तो गफ हानेको नभइ सुशासन र स्वच्छता कायम हुने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नागरिकलाई समस्याका कारण अहिले लकडाउन खुकुलो बनाइएको बताउनुभयो । उहाँले लकडाउन खुलेको नभई खुकुलो मात्र बनाइएको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया