Main News

नेपालको आन्तरिक मामिलामा अनावश्यक टिप्पणी नगर्न भारतलाई नेपालको चेतावनी

हिमालय टिभी
२०७७ जेठ ३२ गते १९:०८
नेपालको आन्तरिक मामिलामा अनावश्यक टिप्पणी नगर्न भारतलाई नेपालको चेतावनी

३२ जेठ, २०७७ काठमाडौं । सरकारले भारतलाई नेपालको आन्तरिक मामिलामा अनावश्यक टिप्पणी नगर्न भनेको छ ।

हिजो प्रतिनिधिसभाबाट नयाँ नक्सा सम्बन्धी संविधान संशोधन विधेयक पारित भएपछि भारतीय विदेश मन्त्रालयबाट आएको प्रतिक्रियाको नेपालले जवाफ दिएको हो ।

संविधान संशोधन विधेयकमाथि राष्टिय सभामा भएको सैद्धान्तिक छलफलमा कानूनमन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले नयाँ नक्सा र संविधान संशोधन नेपालको आन्तरिक मामिला भएकोले यसमा नबोल्न भारतलाई आग्रह गर्नुभयो ।

प्रतिनिधि सभाले हिजो विधेयक पारित गरेपछि भारतको विदेश मन्त्रालयले नेपालले बनावटी विस्तार गरेको र यसले सीमा विवाद वार्ताका माध्यमबाट टुंग्याउने सहमतिको उल्लंघन भएको प्रतिक्रिया दिएको थियो ।

मन्त्री तुम्बाहाङ्फेले त्यसको पनि जवाफ दिनुभयो । उहाँले नेपाल भारत जस्तै सार्वभौम स्वतन्त्र देश भएको नभूल्न पनि आग्रह गर्नुभयो । नेपालले भारतसँग सुमधुर सम्बन्ध चाहेको तर त्यो समानताका आधारमा हुने मन्त्री तुम्बाहाङ्फेले प्रष्ट पार्नुभयो ।

मन्त्री तुम्बाहाङ्फेले राष्ट्रियताका सवालमा सबै नेपाली दलहरू एकजुट हुन्छन् भन्ने पुष्टि भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *