Main News

अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने, खर्च सरकारले व्यहोर्ने, २० वटा ल्याब तयार

हिमालय टिभी
२०७७ जेठ ३२ गते १८:३२
अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने, खर्च सरकारले व्यहोर्ने, २० वटा ल्याब तयार

३२ जेठ, २०७७ काठमाडौं । अबदेखि निजी प्रयोगशालाले पनि कोरोनाको पिसिआर परीक्षण गर्न पाउने भएका छन् ।

आज भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयकाका प्रवक्ता डाक्टर जागेश्वर गौतमले निजी प्रयोगशालामा पनि कोरोना परीक्षण गरिने र त्यसको खर्च सरकारले नै व्यहोर्ने जानकारी दिनुभयो ।

सरकारले यसअघि नै मापदण्ड पुगेका निजी प्रयोगाशलामा कोरेना परीक्षण गर्ने भन्दै निर्देशिका नै जारी गरेको थियो । जस अनुसार केही प्रयोगशालाले परीक्षणको अनुमतिको लागि स्वास्थ्य मन्त्रालयमा निवेदन पनि दिएका थिए ।

तर मन्त्रालयले उनीहरुलाई अनुमति दिएको थिएन । यस्तै सरकारले विदेश जानेले पेश गर्नु पर्ने कोरोना परीक्षणको रिपोर्टका लागि वीर अस्पताल, पाटन अस्पताल र शिक्षण अस्पतालमा नमून संकलन गर्ने व्यवस्था मिलाएको छ ।

जनस्वास्वास्थ्य प्रयोगशाले गरेको आव्हानमा देशभरका विभिन्न २० वटा निजी प्रयोशालालाले आवेदन दिएका थिए ।

जस मध्ये ९ वटा सँग मात्रै पीसीआर मेसिन भएको भनि आवेदन परेको र अन्य ११ ल्याबले भने आफूहरुले मेसिन किन्न लागेको भनेर आवेदन दिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा टेकुका सूचना अधिकारी डा राजेश गुप्ताले हिमालय टेलिभिजनलाई जानकारी दिनुभयो । पहिलो चरणमा पीसीआर भएका ल्याबको अनुगमन गरेर अनुमति दिने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *