३२ जेठ, २०७७ पर्वत । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएका ९ मध्ये ८ जनाको शव निकालिएको छ । अझै एक जना बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मनिष श्रेष्ठका अनुसार पछिल्लो पटक १७ वर्षीय विवेक थापा, १५ वर्षीय सम्राट थापाको शव भेटिएको छ।यसअघि ५८ वर्षीय तुलबहादुर थापा, श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दीपा थापा तथा कमला विक र प्रमिशा विकको शव भेटिएको थियो ।
पहिरोमा पुरिएकी जेनिस विकको खोजी कार्य जारी छ । गएराती साढे ८ बजेतिर झन्डै ३ सय मिटर माथि बन क्षेत्रबाट झरेको पहिरोले २ घर पूर्ण रूपमा पुर्दा ९ जना बेपत्ता भएका थिए ।