Political Hightlights

एमसीसीका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक आज

हिमालय टिभी
२०७७ जेठ ३२ गते १२:१२
एमसीसीका विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक आज

३२ जेठ, २०७७ काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आज अपराह्न ४ बजे बस्ने तय भएको छ । बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ ।

आजको बैठकबाट एमसीसी विवादको टुंगो लगाउने नेकपाको तयारी छ । नेकपाले गत २७ गते पनि सचिवालय बैठक आह्वान गरेको थियो । एमसीसी नै मुख्य कार्यसूची बनाइएको त्यस दिनको बैठक अन्तिम समयमा स्थगित भएको थियो । सदनमा संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाले बैठक सार्नुपरेको बताइएको छ ।

यद्यपि, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूसँग सल्लाह नै नगरी बैठक स्थगित गरिएको भन्दै रूष्ट बन्नु भएको थियो । परियोजना लागु गर्नुपर्ने समय नजिकिँदै जाँदा एमसीसी जस्ताको तस्तै संसद्ले अनुमोदन गर्ने कि संसोधन गरेर भन्नेमा विवाद छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि नै पारित गर्न सरकारलाई ध्यानाकर्षण गराइसकेको छ ।

२०७४ भदौ २९ गते कांग्रेस सरकारको पालामा अनुदान सम्झौतामा हस्ताक्षर भएकाले यो सरकारले एमसीसी बिनासर्त पास गर्नुपर्ने उसको तर्क छ । पूर्ववर्ती सरकारले गरेका निर्णय सरकारले कार्यान्वयन गर्नुपर्ने कांग्रेसको धारणा छ ।

सत्तारूढ दल नेकपा भने विभाजित भएको छ । एमसीसीका केही प्रावधान र एमसीसीसँग सम्बन्धित पूरक सम्झौताहरू असमान, राष्ट्रियहित विपरीत रहेको निष्कर्ष निकाल्दै सचिवालय र केन्द्रीय कमिटिका अधिकांस सदस्य जस्ताको तस्तै पास गर्न नहुने पक्षमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्