Main News
भारतको प्रतिक्रियाः वार्ताबाट सीमा विवाद हल गर्ने समझदारी उल्लंघन
२०७७ जेठ ३१ गते २०:२७

३१ जेठ, २०७७ काठमाडौं । भारतले नेपाल सरकारले लिम्पियाधुरासम्मको भूभागलाई समावेश गरेको नयाँ नक्शालाई निशान छापलाई समेटनलाई बुधबार संविधान संशोधन प्रति असहमति जनाउँदै यसले सीमा विवादलाई वार्ताबाट हल गर्ने समझदारीको उल्लघंन भएको जनाएको छ ।
नेपालको प्रतिनिधीसभाबाट संविधान संशोधन निर्णय गरेको केही बेरमै भारतीय विदेश मन्त्रालयका तर्फबाट त्यस्तो प्रतिक्रिया आएको हो ।
नेपालको ससंदले भारतको भूभाग समावेश गरिएको नयाँ नक्शाका लागि संशोधन विधेयक पारित भएको घटनालाई हामीले चासोका साथ हेरेका छौं र यसले दुवै देशबीच सिमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्धारा सुल्झाउने समझदारीको उल्लघंन भएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवातस्तवद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया