३१ जेठ, २०७७ काठमाडौं । चर्को आलोचनापछि सरकारले विदेशबाट नेपालीको उद्धार गर्दा तोकेको चार्टर्ड उडानको भाडादर घटाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भाडादरमा हेरफेर गरेको हो। मन्त्रालयले बुधबार विदेशबाट उद्धार गर्न उडान तालिका तथा भाडा निर्धारण गरेको थियो। तर भाडा निर्धारणपछि चौतर्फी आलोचना भएपछि सरकार पछि हटेको हो।
विदेशमा दुःख पाएर उद्धार गर्न लागिएका नेपालीसँग दोब्बर भाडा असुलिँदै आएपछि आलोचना भएको थियो ।
विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकारले तोकेको भाडा अति महंगो भएको भन्दै आलोचना भएपछि ओमानस्थित नेपाली दूताबासले हिजो सस्तो भाडामा नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको थियो ।