Main News

नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०६२ पुग्यो, कुन जिल्लामा कति संक्रमित थपिए ?

हिमालय टिभी
२०७७ जेठ ३० गते १६:३४
नेपालमा थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०६२ पुग्यो, कुन जिल्लामा कति संक्रमित थपिए ?

३० जेठ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । आज एकैदिन ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संख्या नेपालमा संक्रमण शुरु भएयता एकैदिन भेटिएको सर्वाधिक हो । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आज रौतहटमा सबैभन्दा धेरै ८६ जना नयाँ संक्रमित भेटिएका छन् । यस्तै सर्लाहीमा पनि ५७ जना संक्रमित पहिचान भएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
राैतहट-८६
सर्लाही-५७
सुर्खेत-४५
दैलेख-३८
धादिङ-२७
स्याङजा-२२
सप्तरी-१७
रुपन्देही-१६
महाेत्तरी-१६
धनुषा-१५
बर्दिया-१५
झापा-१३
पर्वत-१३
सिरहा-११
सुनसरी-१०
चितवन-८
दाङ-८
पूर्वी नवलपरासी-५
कपिलवस्तु-४
माेरङ-३
उदयपुर-३
अर्घाखाँची-२
प्युठान-२
पश्चिम नवलपरासी-२
धादिङ-१
इलाम-१
तनहुँ-१
बाँके-१
गुल्मी-१
पाल्पा-१
बारा-१
धादिङ-१
नुवाकाेट -१
काठमाडाै-१

मन्त्रालयका अनुसार थप १६ जना संक्रमणमुक्त भएर आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *