गृहको चेतावनी उल्लंघन गर्दै युवाहरुको प्रदर्शन

३० जेठ, २०७७ काठमाडौं । गृह मन्त्रालयले लकडाउन उल्लंघन गरे कारबाही गर्ने भनेको भोलिपल्टै देशभर युवाले प्रदर्शन गरेका छन ।
रहर नभएर बाध्यताले सडकमा विरोध जनाउन आएको बताउने युवाहरुले कोरोनको त्रासले भन्दा पनि भोकले जनता मर्ने अवस्थामा समेत सरकारले भ्रष्टाचारलाई निरन्तता दिएको भन्दै आक्रोश पोखेका छन् ।
उनीहरुले कारोनाको महामारीबीच सरकारले खेलेको भूमिकाप्रति आक्रोश पोख्दै खर्च भएको १० अर्वको बिबरण समेत मागेका छन् ।
सकारको गतिबिधि जनहितमा नभएको र जनतालाई मर्कामा पार्ने काम गरेका भन्दै गरेको प्लेकार्ड सहित शान्त रुपमा युवाहरुले प्रदर्शन गरेका हुन ।
सरकाले आरडिटि चेकलाई भन्दा पनि पीसीआरलाई प्रथामिकता दिनु पर्ने, लकडाउनको मारमा रहेका नेपालीलाइ बिनासित्तिको कर थोपर्नु गलत भएको र भ्रष्टाचारको अखडाका रुपमा सरकारलाई परिणत गर्दा नेपालीको थप मार खेप्नु परेको भन्दै बिरोध जनाएको सडकमा उत्रिएका युवाहरुले बताए ।
प्रतिक्रिया