Main News

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय, सवारीसाधनमा जोरविजोर, यस्ता छन् खुल्ने र बन्द हुने क्षेत्र (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २९ गते १९:३०
लकडाउन खुकुलो बनाउने सरकारको निर्णय, सवारीसाधनमा जोरविजोर, यस्ता छन् खुल्ने र बन्द हुने क्षेत्र (भिडियोसहित)

२९ जेठ, २०७७ काठमाडौं । सरकारले ८० दिनपछि लकडाउन खुकुलो बनाएको छ । विज्ञ र सरोकारवाला सबैको दबाब र सुझावपछि मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको हो ।

सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउन लागीएको हो । असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय विहान ८ बजेदेखि १ बजेसम्म र १ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछन् ।

सबै कार्यालय चलाउने निर्णय गरेको सरकारले सार्वजनिक यातायात खोलेको छैन । निजी र कार्यालयको साधन नभएका कर्मचारी कसरी कार्यालय पुग्नेछन, त्यो भने अन्यौल छ । कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइनेछ । व्यक्तिको पैदल आवागमन खुला गरिएको छ । तर भिडभाड नगर्न र सुरक्षा अपनाउन सरकारले अनुरोध गरेको छ।

यस्तै सरकारले मोटरसाइकल र निजी गाडी पनि चल्न दिने निर्णय गरेको छ । तर, मोटरसाइकलमा दुई जना चढ्न पाउने छैनन । काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइनेछ । जोरबिजोरको आधारमा चल्ने गाडीमा चालकबाहेक थप २ जना मात्रै बस्न पाइनेछ ।

यसैगरी नर्सरी र बनजन्य व्यवसाय, विकास आयोजना, निजी क्षेबाट प्रवर्द्धित आयोजना पनि निर्वाध रुपमा सञ्चालित हुनेछन् भने नदीजन्य ढुवानी पनि खुला गरिएको छ । यसैगरी रेस्टुरेन्टको क्षेत्रमा प्याकिङको माध्यमबाट सेवा लिन सकिने भएको छ । भिडभाड नगरी ग्राहकले रेस्टुरेन्टसम्म पुगेर सुरक्षितरुपमा प्याकिङको अर्डर गरेर घर तथा अफिसमा लगेर खान पाउने छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *