Main News
थप २५० जनामा कोरोना संक्रमण, १८७ जना निको भए
२०७७ जेठ २९ गते १६:४७
काठमाडाैं : नेपालमा आज थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सबैभन्दा बढी संक्रमित रौतहटमा ५७ जना थपिएका छन् । यस्तै दैलेखमा थप ४८ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्लो पटक थप १ सय ८७ जना संक्रमणमुक्त भएर आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ८ सय ६१ पुगेको छ ।
नयाँ संक्रमितको जिल्ला
संक्रमित २५०
सुनसरी-३
राैतहट-५७
महाेत्तरी-४
बारा-७
धादिङ-७
सर्लाही-२+२
सप्तरी-९
झापा-३
दाङ-८
राेल्पा-१४
बाँके-१३
दैलेख-४८
सुर्खेत-७
कपिलवस्तु-१+१
प्युठान-४
रुपन्देही-२९
कैलाली-७
बाजुरा-१८
बझाङ-२
पश्चिम नवलपरासी-६
प्रतिक्रिया