Main News

अब नेपाल–भारत सीमा विवाद राजनीतिक तहबाट मात्रै समाधानः पूर्व राजदूत सूद

हिमालय टिभी
२०७७ जेठ २९ गते १६:२४
अब नेपाल–भारत सीमा विवाद राजनीतिक तहबाट मात्रै समाधानः पूर्व राजदूत सूद

२९ जेठ, २०७७ काठमाडौं । नेपालका लागि भारतका पूर्व राजदूत राकेश सूदले नेपाल भारत सीमा विवाद अब राजनीतिक तहबाट मात्रै समाधान हुने बताएका छन ।

बीबीसी हिन्दीसँगको कुराकानीमा सूदले पछिल्लो विवादसँगै अब कर्मचारी तहबाट समस्या समाधान हुन नसक्ने बताएका हुन ।

पूर्वराजदूत सुदले नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी विवाद पछिल्लो समय बढ्नुमा एक अर्काबीच विश्वासको कमी नै मुख्य कारक रहेको र त्यसमा भारतको कमजोरी रहेको पनि बताए ।

पूर्वराजदूत सुदले नेपाल–भारत सीमा विवादमा चीनको कुनै प्रकारको भूमिका नरहेको बताए । यो सीमा विवादमा चीनको सधैं भारतलाई साथ रहेको सूदको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *