Main News

खाडी मुलुक कुवेतबाट फर्किए करिब ३ सय नेपाली महिला श्रमिक

हिमालय टिभी
२०७७ जेठ २९ गते १६:१७
खाडी मुलुक कुवेतबाट फर्किए करिब ३ सय नेपाली महिला श्रमिक

२९ जेठ, २०७७ काठमाडौं । खाडी मुलुक कुवेतबाट आज करिव ३ सय जना नेपाली श्रमिक स्वदेश फर्किएका छन् ।

कुवेतमा आममाफीमा परेर आश्रय स्थलमा बसेकाहरु आज आफ्नै मुलुक फर्किएका हुन् । उनीहरुलाई कुवेत सरकारले नै जजीरा एयरवेजका दुई वटा जहाजमार्फत काठमाडौं ल्याइदिएको हो ।

स्वदेश फर्किएका सबै महिला हुन् । पहिलो जहाजमा १ सय ५० र दोस्रो जहाजमा १ सय ४९ जना आएका छन् ।

कुवेत सरकारले भिसाको अवधि सकिएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा कागजातबिहीन भएका विदेशी नागरिकलाई आममाफी दिएर आफैले फर्काइरहेको छ । आममाफी पाएकामा नेपालीसहित विभिन्न देशका नागरिक छन् ।

कुवेतले नेपाल फर्कनेको कोरोना परीक्षण पनि गरेको छ । त्रिभुवन विमानस्थलमा पनि उनीहरुको आरडिटी परीक्षण गरिएको छ । परीक्षण गर्दै उनीहरुलाई नेपाली सेनाको बस मार्फत होल्डिङ सेन्टरमा लगिदै छ ।

नेपाल फर्किन पाउँदा खुशी भएका उनीहरुले सरकारले ढिलासुस्ती गरेकोमा भने असन्तुष्टि जनाएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *