Main News

विदेशबाट फर्कन चाहने नेपालीका लागि उडान तालिका र भाडादर तय

हिमालय टिभी
२०७७ जेठ २९ गते ८:००
विदेशबाट फर्कन चाहने नेपालीका लागि उडान तालिका र भाडादर तय

२९ जेठ, २०७७ काठमाडौं । सरकारले कोरानोनाका कारण विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादर तय गरेको छ ।

पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १४८ नेपालीको स्वदेश फिर्तीका लागि पर्यटन मन्त्रालयले तालिका तयार पारेर कोरोना रोकथाम तथा व्यवस्थापन केन्द्र सीसीएमसीलाई बुझाएको छ ।

मन्त्रालयले सीसीएमसीलाई उपलब्ध गराएको तालिका अनुसार जेठ ३२ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका बनेको छ । सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि एक दिनमा १० वटासम्म उडान भर्न दिने निर्णय गरिसकेको छ ।

त्यसका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने भएको छ भने केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने जनाइएको छ । ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने छन् । त्यसका लागि नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजले २४ वटा उडान भर्नेछन् ।

आज कुवेतमा आममाफीमा सहभागी तीन सय नेपाली महिलाई लिएर कुवेतबाट दुईवटा जहाज आउने निश्चित भइसकेको छ । उनीहरुलाई कुवेत सरकारले आफ्नै खर्चमा पठाउन लागेको हो ।

त्यसतै मलेसिया,कतार, यूएई , ओमान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, जापान, नाइजेरिया, साइप्रस, दक्षिण कोरिया, अष्ट्रेलिया, थाइल्यान्ड, युगान्डा, पाकिस्तानमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने उडान तालिका तय भएको छ ।

खाडीका देश र मलेसियाबाट मात्रै पहिलो चरणमा १७ हजार ७ सय ७४ जनालाई ल्याउने सूची तय भएको छ । स्वदेश फर्कने नेपालीको साथमा कोरोना जाँच नेगेटिभ आएको रिपोर्ट अनिवार्य हुनपर्ने नियम छ ।

प्रतिक्रिया

2 thoughts on “विदेशबाट फर्कन चाहने नेपालीका लागि उडान तालिका र भाडादर तय

  1. I am tirtha thapa now i am from malayasia i already checked covid 19 i have negative rereport if i have negative again need ckeck or not

Leave a Reply

Your email address will not be published. Required fields are marked *