Main News

लकडाउनमा छापियो साढे दुई लाख स्मार्ट लाइसेन्स, कहिले पाउँछन् सात लाखले लाइसेन्स ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २८ गते १९:०९
लकडाउनमा छापियो साढे दुई लाख स्मार्ट लाइसेन्स, कहिले पाउँछन् सात लाखले लाइसेन्स ? (भिडियोसहित)

२८ जेठ, २०७७ काठमाडौं । लकडाउनका कारण सवारी लाइसेन्स परीक्षा बन्द छ । तर यसअघि नै परीक्षा पास गरेका र नविकरण गरेका ७ लाख स्मार्ट लाइसेन्स वितरण गर्न नसकेको यतायात व्यवस्था विभागलाई अहिले केही राहत भएको छ । लकडाउनमै विभागले साढे २ लाख लाइसेन्स छापेको छ ।

लाइसेन्स परीक्षा पास गरेका र नविकरणको आवेदन दिएका झन्डै ७ लाख नागरिकले कर बुझाएको भौचरको भरमा अहिले सवारी साधन गुडाइरहेका छन् । देशका १७ वटा यातायात व्यवस्था कार्यालयमार्फत दैनिक ३ हजार नयाँ लाइसेन्सको माग हुने गरेको छ ।

तर यातायात व्यवस्था विभागको क्षमताले दैनिक माग अनुसारको लाइसेन्स पनि छाप्न सक्दैन् । त्यसैले लाइसेन्स कुर्नेको संख्या बढ्दै गएको थियो । तर विभागका लागि लकडाउनले निकै सहज बनाइदिएको छ ।

विभागसँग भएका ४ वटा पुराना मेसिनले दैनिक १ हजार लाइसेन्स छाप्न सक्छन् । यस्तै उसँग भएको एउटा मास प्रिन्टरले प्रति घण्टा १ हजार ५ सय कार्ड छाप्छ । यीनै मेसिनलाई पूर्ण क्षमतामा चलाएर विभागले गत साढे २ महिनामा २ लाख ५० हजार लाइसेन्स छापिएको छ । तत्काल लाइसेन्स परिक्षा खुल्ने सम्भावना नदेखिएकाले आगामी १ महिनाभित्र थप २ लाख ५० हजार लाइसेन्स छापिसक्ने विभागको दाबी छ ।

स्मार्ट लाइसेन्स नपाएका चालकले राजस्व तिरेको भौचरले काम चलाइरहनु परिरहेको छ । भौचर हराउने, च्यातिने जस्ता समस्या समेत उनीहरुले व्यहोर्नु परेको छ ।

यस्तै भौचरका भरमा वास्तविक सवारीचालक चिन्न समेत ट्राफिक प्रहरीलाई समस्या पर्दै आएको छ । लकडाउनले जुराइदिएको मौकालाई यातायात व्यवस्था विभागले उपयोग गरेर तत्कालको संकट टारेको छ । तर भविष्यमा भने फेरि उस्तै समस्या दोहोरिने संभावना भने कायमै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *