Political Hightlights
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई प्रधानमन्त्री ओलीको चेतावनी (भिडियोसहित)
२०७७ जेठ २८ गते १४:५२

२८ जेठ, २०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय र आलोच्य भएको बताउनुभएको छ ।
प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई नहेप्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सचेत गराउनुभयो । नेपाल कसैसँग हेपिन तयार नभएको प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।
केही दिनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल–भारत सीमा विवादबारे विवादित अभिव्यक्ति दिएका थिए ।
भारतीय समाचार संस्थाहरुसँगको अन्तर्वार्तामा मुख्यमन्त्री योगीले ‘नेपाललाई तिब्बतले जस्तै गल्ती नदोहोऱ्याउन नहुने बताएका थिए ।
प्रतिक्रिया