कोरोनाविरुद्धको लडाईँ प्रभावकारी बनाउन कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण

२८ जेठ, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसविरुद्धको लडाईं प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल सहितका कांग्रेसका नेताहरुले सरकार कोरोना नियन्त्रणमा पूर्ण रुपमा असफल भएको निष्कर्ष सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्र बुझिसकेपछि प्रधानमन्त्री ओलीले गम्भीरतापूर्वक लिएको र त्यसैअनुसार कार्यान्वयन गर्ने वचन दिनुभएको छ ।
कांग्रेसले स्वास्थ्य सामग्री खरिदमा अनियमितता छानबिन गर्न विदेशमा अलपत्र नागरिकको सकुशल उद्धार गर्न कांग्रेसले माग गरेको छ ।
प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउन बुझाउन पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ, सहमहामन्त्री डा। प्रकाशशरण महत, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण र नेता रमेश लेखक बालुवाटार जानुभएको थियो ।
प्रतिक्रिया