Main News

प्रधानमन्त्रीले भने–कोरोना नियन्त्रणमा सरकार सफल छ, पूर्णरुपमा सफल कहीँ र केहीमा पनि हुँदैन (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २८ गते १२:५८
प्रधानमन्त्रीले भने–कोरोना नियन्त्रणमा सरकार सफल छ, पूर्णरुपमा सफल कहीँ र केहीमा पनि हुँदैन (भिडियोसहित)

२८ जेठ, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाईरस नियन्त्रणमा सरकार सफल नै रहेको दावी गर्नुभएको छ ।

प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले शतप्रतिशत कहीँ पनि र केहीमा पनि नहुने बताउनुभयो ।

तर कोरोना साझा समस्या भन्दै कसैको टिप्पणी र सुझावलाई नकारात्मक रूपमा नलिने पनि बताउनुभयो । कोरोना संक्रमण रोक्न सरकारले १० अर्ब कहाँ खर्च गर्‍यो ? भनेर सांसदहरुले गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले आफू अहिले लेखा परीक्षणमा नभइ काममा केन्द्रीत भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिले भ्रष्टाचार गर्न पर्खेर बसिरहेका थिए, त्यही गरे होलान् भन्ने आशंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

उहाँले भ्रष्टाचार हुँदै नभएको दाबी चाहिँ नगर्ने तर विश्वास गर्ने बताउँदै भ्रष्टाचार आफूले पनि नसहने स्पष्ट गर्नुभयो । प्रधानन्त्री ओलीले अपारदर्शिता नसहने दोहोर्‍याउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *