संविधान संशोधन विधेयकमाथि छलफल शुरु, विधेयकमा सबै दलको समर्थन
२७ जेठ, २०७७ काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने सबै दलले नयाँ नक्सा सम्बन्धी संशोधन विधेयकको समर्थन गरेका छन ।
प्रतिनिधिसभामा संविधान संशोधन विधेयकबारे भएको छलफलमा दलहरुले विधेयकको समर्थन गरेका हुन ।
अहिले छलफल चलिरहेको छ। छलफलमा भाग लिने सांसदहरुले नक्सा सम्बन्धी संविधान संशोधन विधेयकको समर्थन गरेका छन्।सत्तापक्षसहित प्रमुख विपक्षी कांग्रेस, समाजवादी र राजपाका सांसदहरुले संविधान संसोधन विधेयकको स्वागत गर्दै समर्थन रहेको प्रष्ट जानकारी गराएका छन ।
सत्तारुढ सांसद कृष्णभक्त पोखरेलले आफ्नो भूमि समेट्ने गरी नक्सा सम्बन्धी संविधान संशोधन विधेयक ऐतिहासिक रहेको बताउनुभयो ।
कांग्रेसका प्रमुख सचेतक सांसद बालकृष्ण खाँणले कांग्रेस संविधान संशोधनको पक्षमा रहेको र भारतले नेपालको भूभाग मिचेको बताउनुभयो । राजपाका लक्ष्मणलाल कर्णले आफूहरुको राष्ट्रियतामा शंका नगर्न आग्रह गर्नुभयो ।
समाजवादी पार्टीका सांसद राजेन्द्र प्रसाद श्रेष्ठले संसोधन विधेयकको सबैले समर्थन गर्नुपर्ने बताउनुभयो । नेपालको भौगोलिक अखण्डता, सार्वभौम सत्तामा सम्झौता हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया