Political Hightlights

ओलीले सचिवालय बैठक राख्न नमानेपछि नेकपामा चर्कियो फेरि मतभेद

हिमालय टिभी
२०७७ जेठ २७ गते १८:२८
ओलीले सचिवालय बैठक राख्न नमानेपछि नेकपामा चर्कियो फेरि मतभेद

२७ जेठ, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बस्न नमानेपछि नेकपाभित्र एमसीसीका विषयमा फेरि मतभेद चर्किएको छ ।

आज दिउँसो चार बजेका लागि बोलाइएको सचिवालय बैठक विवादकै कारण स्थगित भएको छ । अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फोन सम्वादमै चर्काचर्की भएपछि बैठक नबसेको स्रोतले जनाएको छ ।

ओलीले एमसीसी पारित गर्ने भएमात्र सचिवालय बैठक बसौ भनेपछि विवाद बढेको छ । ओली पक्षले भने व्यस्तताका कारण बैठक स्थगित भएको जनाएको छ ।

बैठक स्थगित भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डलाई एमसीसी तपाईहरुले ल्याएको हो, यसको व्यवस्थापन पनि तपाईहरुले नै गर्नुपर्छ भनेपछि प्रचण्डले नेपाल, खनाल,गौतम र श्रेष्ठलाई बोलाएर छलफल गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली जसरी पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा हुनुहुन्छ । यसमा ओलीलाई ईश्वर पोखरेल र विष्णु पौडेलको साथ छ । तर प्रचण्ड सहितका बहुमत नेताहरु कार्यदलको सिफारिस अनुसार परिमार्जन गर्नुपर्ने पक्षमा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्