महामारी रोकथाम नगरेर सरकारले लकडाउन मात्र गरेको भन्दै बालुवाटारमा प्रदर्शन (भिडियोसहित)
२७ जेठ, २०७७ काठमाडौं । कोरोना महामारी रोक्न सरकारले काम नगरी लकडाउन मात्र गरिरहेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ ।
सामाजिक अभियन्ता र व्यवसायी प्रदर्शनमा उत्रेका हुन । लकडाउन गरेर नागरिकलाई घरभित्र थुनेर सरकारले कर तिर्न ताकेता गरेकोमा उनीहरुको आक्रोश छ । उनीहरुले कोरोना महामारीमा खर्च भएको भनिएका १० अर्ब रुपैयाँ कहाँ गयो भनेर पनि प्रश्न गरेका छन् ।
उनीहरुले पछिल्लो समय कोरोना संक्रमितलाई १४ दिन अस्पतालमा राखेर परीक्षण नै नगरी घर पठाउने सरकारी निर्णयको पनि विरोध गरेका छन् । विभिन्न खाले मुकुण्डो लगाएर समेत उनीहरुले आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गरेका छन ।
कोरोना माहामारी नियन्त्रणका बेला सरकारले राष्ट्रपति कार्यालयमा महँगा कार्पेट फेर्न टेन्डर आह्वान गरेकोमा व्यंग्य गर्दै उनीहरुले ‘सरकारको प्राथमिकता कार्पेट कि पीसीआर भनेर प्रश्न गरेका छन् । प्रहरीले पानीको फोहोरा हानेर उनीहरुलाई तितरवितर पारेको थियो ।
प्रतिक्रिया