Main News

पसल खोल्ने व्यवसायी र प्रहरीबीच काठमाडौंको न्युरोड क्षेत्रमा विवाद (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २७ गते १३:३९
पसल खोल्ने व्यवसायी र प्रहरीबीच काठमाडौंको न्युरोड क्षेत्रमा विवाद (भिडियोसहित)

२७ जेठ, २०७७ काठमाडौं । पसल खोल्ने व्यवसायी र प्रहरीबीच काठमाडौंको न्युरोड क्षेत्रमा विवाद भएको छ । बिहान व्यवसायीले आफूखुसी खोलेका पसल प्रहरीले बन्द गराउँदै हिँडेपछि विवाद भएको हो ।

व्यवसायीले खोलेको पसल प्रहरीले जबर्जस्ती बन्द गराउँदै हिँडेको थियो । व्यवसायीले संस्थागत निर्णय नै गरेर जेठ २२ गतेदेखि पसल खोल्दै आएका थिए ।

त्यसपछि जेठ २२ गते नै काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र व्यवसायीबिच छलफल भएको थियो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले प्रमुख जिल्ला अधिकारीहरुसँग यसअघि भएको छलफलमा सकारात्मक कुराकानी भए पनि अहिले एक्कासी आएर प्रहरीले पसल बन्द गराएको आरोप लगाउनुभयो ।

त्यो बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय समितिलाई लकडाउन खुकुलो पार्न सिफारिस गर्ने र व्यापारमा अवारेध नगर्ने सहमति भएको थियो । त्यो सहमति पछि पसल सञ्चालन हुँदै आएका थिए । तर आज एक्कासी प्रहरीले बन्द गराएको व्यवसायीको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *