Main News

रुपन्देही सामूहिक हत्या भएकाको सनाखत, हत्याराद्वारा अपराध स्वीकार

हिमालय टिभी
२०७७ जेठ २७ गते १३:१६
रुपन्देही सामूहिक हत्या भएकाको सनाखत, हत्याराद्वारा अपराध स्वीकार

२७ जेठ, २०७७ रुपन्देही । रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले अपराध स्वीकारेको प्रहरीले जनाएको छ । सिंजालीले फरुवाले हानेर हत्या गरेको स्वीकारेको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिनुभयो ।

घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले सिंजालीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको थियो ।

रूपन्देही मुर्गिया बालापुरका ४१ वर्षीय माधव मुसहर, उहाँकी ३७ वर्षीया श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ वर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १७ वर्षीय करण चौधरी र १५ वर्षीय आशिष चौधरीको हत्या भएको थियो ।

हत्याको कारण खुलिसकेको छैन। अपराध स्वीकारेका सिंजालीलाई गाउँलेले प्रहरीको जिम्मा लगाउँदा अचेत अवस्थामा थिए । उनको स्थानीय क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *