Main News

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १५ पुग्यो

हिमालय टिभी
२०७७ जेठ २७ गते १३:१०
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १५ पुग्यो

२७ जेठ, २०७७, चितवन । चितवनको भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट हिजो भरतपुर अस्पतालको आईसीयूमा सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनको आज बिहान ७ बजेर ६ मिनेटमा मृत्यु अस्पतालले जनाएको छ ।

उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने भन्ने निर्णय गर्न बाँकी रहेको अस्पतालले जनाएको छ । भरतपुर महानगरपालिका वडा नं ११ का ६८ वर्षीय ती वृद्धलाई हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा मुट र निमोनियाको समस्यासमेत थियो । जिल्ला प्रशासन कार्यालयको अनुमति विना नै गम्भीर अवस्थाका बिरामीलाई सारेको भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले आपत्ति जनाउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *