Political Hightlights

कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसको आरोप, कोरोनाको नाममा भएको खर्चको विवरण माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २७ गते १३:०४
कोरोना नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसको आरोप, कोरोनाको नाममा भएको खर्चको विवरण माग (भिडियोसहित)

२७ जेठ, २०७७ काठमाडौं । केन्द्रीय समितिको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध संसदमा आक्रामक रुपमा प्रस्तुत भएको छ ।

कांग्रेसले सरकार कोरोना नियन्त्रणमा पूर्ण रुपमा असफल भन्दै कडा आलोचना गरेको छ । कांग्रेसले औषधि खरिद् प्रकरण र प।रीक्षणको दायरा घटाउनेलगायत सरकारका निर्णयमाथि गम्भीर प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको अकर्मण्यता र अक्षमताले कोरोनाका कारण नागरिकले ज्यान गुमाइरहेको टिप्पणी गर्नुभयो ।

सरकारले कोरोनाविरुद्धको लडाई पार लगाउन नसक्ने समेत कांग्रेसको निष्कर्ष छ । त्यस्तै कांग्रेसले कोरोनाका लागि खर्च गरिएको १० अर्बको हिसाब किताव पनि मागेको छ ।

सरकारले कोरोना परीक्षणको दायरा साँघुरो बनाएको भन्दै आपत्ति समेत जनाएको छ । कांग्रेसले सरकार भाग्न नपाउने भन्दै प्रधानमन्त्री र उपप्रधानमन्त्रीसँग जवाफ मागेको छ । आफूहरुले उठाएको सबै प्रश्नको जवाफ दिएपछि मात्रै सबै प्रक्रिया पूरा हुने चेतावनी समेत दिएको छ ।

सरकार कोरोनासँगको लडाईमा चुकेको भन्दै सदनमा मात्रै होइन सडकमा समेत आवाज उठिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्