Main News
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४ पुग्यो
२०७७ जेठ २७ गते ७:४०

२७ जेठ, २०७७ कास्की । गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकीमा संक्रमित हुनेको संख्या एक सय ४४ पुगेको छ ।
आज पुर्वी नवलपुरमा १२, बाग्लुङमा ११ र म्याग्दीमा १ जनामा संक्रमण पुष्टि भएको हो । नवलपुरको बौदीकालि गाउँपालिकामा मात्रै १२ जना संक्रमित भेटिएका हुन् ।
बाग्लुङका बरेङ गाउँपालिकामा ८ र निसिखोला गाउँपालिकामा ३ जना तथा म्याग्दीको बेनी नगरपालिकामा एक जनामा संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनीहरु मध्ये अधिकांश भारतबाट आएर क्वारन्टिनमा बसेकाहरु भएको बताइएको छ । नेपालमा हिजो अहिलेसम्मकै धेरै ३ सय ४४ जना नयाँ संक्रमित पहिचान भएका थिए ।
प्रतिक्रिया