Political Hightlights

मंगलबार नेकपा सचिवालय बैठक, एमसीसीबारे नेताहरुको आआफ्नै अडान (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २६ गते २०:२३
मंगलबार नेकपा सचिवालय बैठक, एमसीसीबारे नेताहरुको आआफ्नै अडान (भिडियोसहित)

२६ जेठ, २०७७ काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे निर्णय गर्न भोलि सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्र एक मत छैन । त्यसैले एमसीसीबारे निर्णय गर्न सहज छैन । नेताहरु सबै आ–आफ्ना अडानमा छन । तर विकल्पका बारेमा पनि छलफल चलिरहेको छ ।

अमेरिकी सहयोग कार्यक्रम एमसीसीबारे सत्तारुढ नेकपामा विवाद छ र विवादकै कारण संसदमा अघि बढ्न सकेको छैन । पटक९पटक एमसीसीबारे स्पष्ट पार्न छलफल र बैठक भएपनि नेकपा अन्यौलमै छ । पार्टीकै शीर्ष नेताको एमसीसीबारे फरक(फरक धारणा छ ।

सरकारको नेतृत्वको गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि एमसीसी पारित गर्ने पक्षमा हुनुहुन्छ । तर, अरु शीर्ष नेता यसलाई अरु जस्ताको तस्तै पारित हुन नदिन खुलेर लागेका छन् । मुख्यतः अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ एमसीसी इन्डो प्यासिफिक स्ट्राटेजीकै एक हिस्सा भन्दै धेरै बुँदा संशोधन नगरी पारित गर्न नहुने पक्षमा हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल एमसीसी पारित गर्न गर्नुपर्ने पक्षमा हुनुहुन्छ । यसमा दुई थरिका आफनै तर्क छ । पारित गर्न नहुने पक्षमा उभिएका नेताहरु एमसीसी स्वीकार गर्दा स्वतः इन्डो–प्यासिफिक स्ट्राटेजी स्वीकार गरेको ठहरिने र यो असंलग्न परराष्ट्र नीतिका विरुद्ध हुने बुझाईमा छन । त्यसमाथि पार्टीले बनाएको झलनाथ खनाल नेतृत्वको कार्यदलले पनि जस्ताको तस्तै पारित नगर्न सुझाव दिएकोले यो समूहले त्यसलाइ पनि अघि सार्ने तयारी गरेको छ । त्यसो गर्दा स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म जानुपर्ने यो समूहका नेताको मत छ ।

तर प्रधानमन्त्री ओली सहितका नेताहरु भने यो विषयलाई तल नलैजाने र माथिबाटै टुंगो लगाउने तयारीमा छन । यो समूहको तर्क छ– यो ईन्डोप्यासिफक सैन्य रणनीतिको अंग होईन, अनावश्यक ढंगले गिजोल्ने गलत काम भैरहेको छ । एमसीसी पारित नभए नेपालको अन्तर्राष्टिय छवि नै धमिलिने प्रधानमन्त्री ओली सहितका नेताको बुझाई छ । र, यी दुई थरि मतहरु तलैसम्म गएका छन, नेकपा पूर्ण रुपमा विभाजित छ । संसदभित्रै यो देखिएको छ ।

आईतवार देव गुरुंग र भीम रावलका संसदका अभिव्यक्तिले पनि त्यो प्रष्ट पार्छ । यस्तो अवस्थामा बस्न लागेको नेकपाको सचिवालय बैठकले सहजै निर्णय गर्न गाह्रो छ । तर स्रोतहरुका अनुसार विकल्पमा छलफल भने भैरहेको छ ।

अमेरिकालाई ईण्डोप्यासिफिकको अंग होईन भनेर प्रष्ट पार्न आग्रह गर्नेदेखि संसदबाट सैन्य रणनीतिमा सामेल नहुने र नभएको संकल्प प्रस्ताव पारित गर्ने गरी पनि छलफल चलिरहेको छ । एमसीसी पनि पारित गर्ने र नेपाल ईन्डोप्यासिफिक सैन्य रणनीतिको पक्षमा छैन, भन्ने संकल्प प्रस्ताव पारित गर्ने प्रस्ताव आएको छ । नेकपाले यस्तो अवस्थामा के निर्णय गर्छ हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्