Main News

नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

हिमालय टिभी
२०७७ जेठ २६ गते १६:३५
नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

२६ जेठ, २०७७ काठमाडौं । नेपालमा आज पनि ठुलो संख्यामा संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३ सय १४ जना नयाँ संक्रमित पहिचान भएका छन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका नवनियुक्त प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज सबैभन्दा बढी सर्लाहीमा १ सय ६ जना संक्रमित थपिएका छन् ।

उनीहरु सबै भारतका विभिन्न स्थानबाट आएर क्वारन्टिनमा बसेकाहरु हुन् । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा एकैपटक ३१ संक्रमित भेटिएका छन् । जिल्लाको सन्धिखर्क, सितगंगा र पाणीनीका विभिन्न क्वारन्टिनमा रहेकामा परीक्षण गरिएको हो ।

प्रदेश ५ कै कपिलवस्तुमा थप २४ जनामा संक्रमण पुष्टि भएको छ । बर्दियामा १८, सप्तरीमा १६, रौतहटमा १५, महोत्तरीमा १२ तथा झापा र दैलेखमा १०–१० संक्रमित थपिएका छन् ।

जनकपुरको प्रादेशिक प्रयोगशालामा १५ जनामा संक्रमण पुष्टि भएको बताइए पनि उनीहरु कुन जिल्लाका हुन् भनेर स्वास्थ्य मन्त्रालयले खुलाएको छैन । रुपन्देहीमा क्वारन्टिनमा बसेका प्युठानका ८ जनामा पनि संक्रमण देखिएको छ । रुपन्देहीका थप ५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

मोरङमा ९, पर्सामा ८, बारामा ७, सल्यानमा ५ र दाङमा ४ संक्रमित थपिएका छन् । पश्चिम नवलपरासीमा २, बाँके, सुर्खेत, कास्की, स्याङजा, सुनसरी, तथा लुम्विनी मेडिकल कलेजमा रहेका पाल्पा र गुल्मीका १–१ जनामा पनि संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो पटक २१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यो सँगै देशमा संक्रमणमुक्त हुनेको संख्या ४ सय ८८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *