Political Hightlights

भ्रष्टाचारको आरोप प्रमाणित गरे राजनीतिबाट सन्यास लिन्छुः श्रममन्त्री यादव

हिमालय टिभी
२०७७ जेठ २६ गते १६:१७
भ्रष्टाचारको आरोप प्रमाणित गरे राजनीतिबाट सन्यास लिन्छुः श्रममन्त्री यादव

२६ जेठ, २०७७ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भ्रष्टाचार गरेको आरोप प्रमाणित गर्न चुनौति दिनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत विनियोजित शीर्षकहरुमाथि भएको छलफलमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री यादवले आफुलाई भ्रष्टाचारको आरोप लगाउनेले प्रमाणित गरेर देखाउनुपर्ने बताउनुभएको हो । उहाँले वैदेशिक रोजगार ऐन संशोधन गर्ने विषयमा विभागीय मन्त्रीले भ्रष्टाचार गरेको आरोप लगाइएको भन्दै प्रमाणित गर्न चुनौति दिनुभएको हो ।

वैदेशिक रोजगार ऐनमा दुई वर्षमा लागतार १ सय जना कामदार पठाउन नसक्ने व्यवसायलाई खारेज गर्ने उल्लेख रहेको र उक्त व्यवस्थालाई कोभिड १९को असरका कारण पठाउन नसक्ने अवस्था आउने भन्दै संशोधन गर्न कार्यदल गठन गरी काम सुरु गरेको विषयमा आफुलाई व्यवसायीहरुसँग रकम लिएर संशोधन गर्न लागेको आरोप लगाइएको भन्दै त्यसलाई प्रमाणित गर्न चुनौति दिनुभएको हो ।

‘एकजना माननीय सदस्यले व्यक्तिगत कुण्ठाले ग्रसित भई विभागीय मन्त्रीले व्यवसायीसँग पैसा लिएर ऐन संशोधन गर्न खोजेको कुरा उठाउनु भएको थियो । ऐन संशोधन गर्ने कार्य मन्त्रीले नभई संसदले गर्ने विषय समेत बिर्सेर लगाइएको तथ्यहीन आरोपले सम्मानित संसद र स्वयं माननीयज्यूको गरिमामा आँच पुग्ने कुरामा ध्यानकर्षण गराउन चाहन्छु । उक्त आरोप सरकारलाई असफल देखाउने दुरासयको रुपामा लिएको छु । साथै सो आरोप प्रमाणित गरेर देखाउन आरोप लगाउने माननीयलाई चुनौति पनि दिन चाहन्छु ।’

उहाँले भन्नुभयो ‘एकजना माननीय सदस्यले व्यक्तिगत कुण्ठाले ग्रसित भई विभागीय मन्त्रीले व्यवसायीसँग पैसा लिएर ऐन संशोधन गर्न खोजेको कुरा उठाउनु भएको थियो । ऐन संशोधन गर्ने कार्य मन्त्रीले नभई संसदले गर्ने विषय समेत बिर्सेर लगाइएको तथ्यहीन आरोपले सम्मानित संसद र स्वयं माननीयज्यूको गरिमामा आँच पुग्ने कुरामा ध्यानकर्षण गराउन चाहन्छु । उक्त आरोप सरकारलाई असफल देखाउने दुरासयको रुपामा लिएको छु । साथै सो आरोप प्रमाणित गरेर देखाउन आरोप लगाउने माननीयलाई चुनौति पनि दिन चाहन्छु ।’

उहाँले आफ्नो राजनीतिक जीवनमा कुनैपनि बेला भ्रष्टाचारमा संलग्न भएको प्रमाणित गर्न सके आफ्नो जीवन दाउमा राख्ने र राजनीतिक सन्यास लिने बताउनुभयो । उहाँले भन्नुभयो ‘मेरो जीवनको राजनीतिक जीवनको सुरुदेखि अहिलेसम्म म यो तेस्रो चोटी मन्त्री भएको हुँ र विगतका दिनदेखि अहिलेसम्म उहाँले कहिले पनि भ्रस्टाचारका कुराहरु प्रमाणित गरिदिनुभयो भने म उहाँलाई आफ्नो जीवनको सम्पूर्ण दाउमा लिन चाहन्छु । म चुनौति दिन्छु माननीयलाई मलाई सावित गरेर देखाइदिनुस म राजनीतिक सन्यास लिन तयार छु ।’

मन्त्री यादवले सरकारले विपन्न, बेरोजगार व्यक्ति तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्ति र श्रम स्वीकृति लिई रोजागरीमा जान नपाएका व्यक्तिलाई लक्षित गरी रोजागरीका कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले श्रमिक सूचना बैंक इकाई निर्माण गरी सबै स्थानीय तहमा रहेका रोजगार केन्द्रलाई जोडने बताउनुभयो । उहाँले विदेशबाट फर्कने व्यक्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम तथा अन्य क्षेत्रगत मन्त्रालयसँग समन्वय गर्ने र वित्तीय सहयोग उपलब्ध गराई स्वरोजगार बन्ने अवसर प्रदान गर्ने कार्यक्रम तय भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्