Main News
भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोनाको आशंकामा स्वाब परीक्षण हुँदै
२०७७ जेठ २६ गते १४:००

२६ जेठ, २०७७, भक्तपुर । भक्तपुर अस्पतालमा आइतबार राति एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला लिसंखु गाउँपालिका–३ घर भई चाँगुनारायण नगरपालिका–४ बस्ने ३६ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।
सुत्केरी भएपछि उनको मृत्यु भएको र बच्चाको स्वास्थ्य अवस्था राम्रो रहेको समेत अस्पताल स्रोतले जनाएको छ ।
उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी टेकु अस्पताल पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सबिन प्रधानले जानकारी दिनुभयो ।
उनले भने, ‘शव भक्तपुर अस्पतालमै रहेको छ र स्वाब परीक्षण पीसीआरको नतिजा कुरिरहेको छौं ।’
स्वाब परीक्षणको नतिजा आजै आउने समेत बताइएको छ । अस्पतालमा सुत्केरीको शंकास्पद मृत्यु भएपछि सेवा बन्द भएको बताइएको छ।
प्रतिक्रिया