Main News

सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना कोरोना संक्रमित भेटिए

हिमालय टिभी
२०७७ जेठ २६ गते १२:५३
सप्तरीको बलान बिहुल गाउँपालिकामा १६ जना कोरोना संक्रमित भेटिए

२६ जेठ, २०७७, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकामै १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

गाँउपालिकाको थेरारुथट मावी क्वारेन्टाइनमा रहेका एक महिला र १५ पुरुषहरुमा संक्रमण पाइएको सप्तरीका स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो।

उक्त क्वारेन्टिनमा एक सय ४५ जना बसेका थिए । क्रमण भेटिएका सवै भारतको विभिन्न ठाँउवाट आएकाहरु हुन । १२ देखि ४५ वर्ष उमेर समुहका उनीहरुलाई आइशोलेसन लाने तयारी भइरहेको यादवले बताउनुभयो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकर आर्चायले पनि १६ जनामा संक्रमण देखिएको पुष्टि गर्नुभएको छ। बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले संक्रमित सबैलाई थप उपचारका लागि अस्पताल लान लागिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *