Main News

दाङमा चार पालिका मिलेर कोरोना विशेष आइसोलेसन केन्द्र निर्माण शुरु

हिमालय टिभी
२०७७ जेठ २६ गते ८:११
दाङमा चार पालिका मिलेर कोरोना विशेष आइसोलेसन केन्द्र निर्माण शुरु

२६, जेठ, २०७७ दाङ । दाङको देउखुरी क्षेत्रमा रहेका चार पालिककाले संयुक्त रुपमा एक सय शय्याको कोरोना विशेष आइसोलेशन केन्द्र सञ्चालनका लागि निर्माण शुरु गरेका छन् ।

राप्ती, गढवा, राजपुर र लमही नगरपालिकाले राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा विशेष आइसोलेशन केन्द्र सञ्चालन गर्ने भएका हुन् । आइसोलेशनका लागि पालिकाहरुले कर्मचारी परिचालनसँगै आर्थिक कोष पनि संयुक्त रुपमा स्थापना गरेका छन् ।

प्रत्येक पालिकाले कोषमा १५ लाख जम्मा गर्ने भएका छन् । केन्द्र सञ्चालनका लागि राप्तीका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा समितिसमेत गठन गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिनुभयो ।

दाङमा कोरोना संक्रमण बढ्दै जानु र संक्रमित राख्ने स्थानको अभाव हुन थालेपछि जिल्लाकै पायक पर्ने र तत्काल ठूला अस्पतालमा बिरामी लैजान सहज होस् भनेर राप्ती प्राविधिक शिक्षालयमा सय बेडको आइसोलेशन कक्ष स्थापना कार्य शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *